पुर्व पदाधिकारीलाई लाभैलाभ किन ?


  • डिआर घिमिरेबाट

मुख्यमन्त्री चेतनारायण आचार्यलाई खर्च कटाउने अवसरः
लुम्विनी प्रदेशमा एकपटक मुख्यमन्त्री भएपछि १० वर्षसम्म सेवा सुविधा लिन पाउने व्यवस्था छ ।

 

कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा गरिएको यो व्यवस्थाका कारण लुम्विनी प्रदेशलाई मुख्यमन्त्री पाल्नै सकश हुने अवस्था छ । पूरा अवधि सरकार चल्दाको अवस्थामा यो प्रस्ताव अनुचित नहुन पनि सक्थ्यो । तर एउटै कार्यकालमा तीन चार जना मुख्यमन्त्री हुने अवस्थामा यस्ता सुविधा दिनु भनेको राज्य श्रोतको दोहन मात्र हो । यो अवस्थामा मुख्यमन्त्री चेतनारायण आचार्यलाई खर्च कटाउने अवसर मिलेको छ ।

यस्का लागि एक अध्ययन कार्य दल तत्काल गठन गरी सो को प्रतिवेदनका आधारमा खारेज गर्नेतर्फ ध्यान आकृष्ठ हुन जरुरी छ ।
यस्ता सुविधा मुख्यमन्त्री मात्र हैन, सभामुखले पनि लिने गर्छन् । भनिन्छ पूर्व सभामुख संघीय सांसद छन् तर लुम्विनी प्रदेशको सुविधा लिने गर्छन् ।

किनकि संघीय सांसदले गाडी तथा पीएसओ आदि पाउँदैन । उनलाई ती दुईवटै चाहियो । लुम्विनीको पहिलो मुख्यमन्त्री शंकर पोख्रेलले भने सो सुविधा लिने गरेका छैनन् ।

प्रकाशित मितिः     १४ श्रावण २०८१, सोमबार ०६:४७  |