नेपालगन्ज । अब बढीमा दुई वटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाइने भएकाे छ । यसअघि एउटा व्यक्तिले एउटा संस्थाबाटै ऋण लिन पाउने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने समेत स्पष्ट पारेको छ।
अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नुपर्ने निर्दशनले व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले निर्देशनमा गरेको छ ।