नेपालगन्ज । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ग्राहकप्रति नेपाल राष्ट्र बैंकले लचिलो व्यवस्था गरेको छ। यो व्यवस्थाले त्यस्ता ऋणीलाई केही समयका लागि राहत प्रदान गर्नेछ।
केन्द्रीय बैंकले आइतबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।
अब परिस्थितिवश ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भए पनि यदि केही समय प्रदान गरेकामा ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा ६ महिनाका लागि कालोसूचीबाट हटाउन सक्ने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ।
यसअघि यो व्यवस्था थिएन। तर, ६ महिनाभित्र ऋण चुक्ता नगरेमा संस्थाले अनिवार्य रुपमा कालोसूचीमा समावेश गर्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।
लघुवित्त संस्थाबाट ऋण लिई नतिर्ने ऋणीहरुलाई तल उल्लेखित व्यवस्थाबमोजिम वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।