राजेन्द्र शाक्य जसले संकटमा परेकाे सहकारीका बचतकर्ताकाे एक अर्ब फिर्ता गराए


 

नेपालगन्ज । सुर्य थापा नेतृत्वको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको २४ ओैं बैठकमा उपस्थित थिए राजेन्द्र शाक्य ।

२०६८ सालमा देखिएको गुण कोअपरेटिभको संकटमा वचतकर्ताको रकम फिर्ता गरेर धरासायी अवस्थाबाट पुन: उठ्न सफल सफल भएका अध्यक्ष राजेन्द्र शाक्यले आफ्नाे अनुभव समितिमा सुनाएका छन् ।

संसदीय समितिका संयाेजक थापाले शाक्यकाे प्रशंसा गर्दै सामाजिक संजालमा लेखेका छन् । उनका अनुसार
शाक्य जसरी पनि वचतकर्ताको रकम फिर्ता गर्ने गरी इमान खाएर लागेका थिए ।

अरु जस्तो घर र अफिस छाडेर भागेनन् । प्रत्येक व्यक्ति भेटेर रकम फिर्ता गर्ने विश्वास प्रस्तुत गरे । सम्पत्तिको लोभलालच नगरी वचत फिर्तामा लगाए ।

बिहान ३:३० देखि राति ९:०० बजेसम्म आफै र श्रीमती भएर वचतकर्तालाई भेटेर वचत रकम फर्काउने प्रतिबद्धता र विकल्प राखे ।
सहकारीमा रहेको २२ हजा, शेयर सदस्यको १ अर्ब वचत फिर्ता गरे । ५० करोडभन्दा बढी ऋण लगानी अझै कायमै छ।
यस्ता धेरै कुरा उनिबाट सुन्दा अत्यन्त सकारात्मक र रोमाञ्चक अनुभूति भएको थापाले उल्लेख गरेका छन् ।

प्रकाशित मितिः     १४ श्रावण २०८१, सोमबार १६:३९  |