काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ मार्ग ब्रेक थ्रु


काठमाडौं । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ मार्ग सोमबार ब्रेक थ्रु गरेका हुन् ।

मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङ मार्ग रहेको छ ।

 

यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मितिः     २१ श्रावण २०८१, सोमबार १३:१९  |