लघुवित्त बाहेक अन्य कुनै पनि संस्थाले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सिफारिस


काठमाडौं । लघुवित्त समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सिफारिस भएको छ ।

अर्थ मन्त्रालले लघुवित्त समस्या समाधानका लागि राष्ट्र बैंक डेपुटी गभर्नर नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गठन गरेको समितिले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेस गर्दै राष्ट्र बैंकले इजाजत दिएका लघुवित्त संस्थाबाहेक अरूले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था गर्न सिफारिस गरेको हो ।

 

प्रकाशित मितिः     २२ श्रावण २०८१, मंगलवार १८:०७  |