महासचिब शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटाे खुल्यो !


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबिबिएस सन्चालनार्थ ७५ प्रतिशत बिद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ ।
एमालेका महासचिब शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ ।

अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताउनु भयो । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा यसै आर्थिक वर्ष देखि एमबिबिएस कार्यक्रम संचालनार्थ ७५ % विध्यार्थीको छात्रबृत्ती रकम सुनिश्चित गर्ने कार्य सम्बन्धमा सफलता हासिल मिलेको भन्दै अब छिट्टै चिकित्सा शिक्षा आयोगबाट सिट निर्धारण हुने बिश्वास ब्यक्त गर्नु भयो । स्रोत सुनिश्चितता भएपछि एमबिबिएस पढाउने बाटाे खुलेको बताउनु भयो ।
महासचिव पोखरेलको पहलमा आज अर्थ मन्त्रालयमा अर्थमन्त्री बिष्णु पौडेलको अध्यक्षता तथा शिक्षामन्त्री बिद्या भट्टराई लगायत मन्त्रालयका सचिबहरुको उपस्थितिमा भएको बैठकले सकारात्मक निष्कर्ष निकालेको छ ।
एमबिबिएसको छात्रवृत्तिको लागि स्रोत सुनिश्चितताको मन्त्रीस्तरीय निर्णय गरेर चिकित्सा अध्ययन क्षेत्रमा सकारात्मक शन्देश प्रबाह भएको र यसका लागि सम्पुर्णरुपमा पहल तथा समन्वय गर्नु हुने एमाले महासचिब शंकर पोखरेललाई रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले सस्थाको धन्यबादसहित आभार ब्यक्त गर्नु भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र रानाले स्रोत सुनिश्चितता संगै दङ्गालिले आफ्नै घर आगनमा एमबिबिएस पढ्न पाउने बाताबरण निर्माण हुनु अत्यन्तै सुखद योग्य कुरा भएको बताउदै घर आगनको अस्पताल राम्रो बनाउने कुरामा सबैको सहयोग जरुरी रहेको बताउनु भयो । उहाँले ४ सय बेडको हस्पिटल निर्माण गर्नका लागि पनि स्रोत सुनिश्चितताको काम अब अघि बढ्ने बताउनु भयो।

प्रकाशित मितिः     १ भाद्र २०८१, शनिबार ०६:३९  |