नेपालगञ्ज : नेपालगञ्जको कारकाँदो चोकस्थित भुसाल ग्रुपले आफ्नो १०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विगत १० वर्षदेखि ग्राहक वर्गको मागलाई आत्मसात गर्नुका साथै सेवा दिँदै आएको भुसाल ग्रुपले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो ।
शुरुवाती चरणमा बाहिरबाट रेडिमेड ढोकाहरु बाहिरबाट खरिद गरेर सेवा दिँदै आएको उक्त ग्रुपले हाल आधुनिकता र बदलिँदो परिवेशसँगै फिटिङ हार्डवेयर भारतको प्रतिष्ठित ब्राण्ड म्यारिट्स सँग समन्वय गरेर सञ्चालन गर्दै आएको भुसाल ग्रुपका म्यानेजिङ डाइरेक्टर जिआर भुसालले जानकारी दिए ।
यस्तै बढ्दै गएको ग्राहक वर्गको मागलाई ध्यानमा राखेर प्रिकास्टका घरहरु छिटो छरितो कम लागतमा निर्माण गर्दै आएको भुसालले बताए । झ्याल ढोकालाई पूर्णता दिनका लागि ब्राण्डिङ पर्दा, पर्दाको फिटिङ्स सहुलियत मूल्यमा उपलब्ध गराउनुका साथै बजारमा झ्याल ढोका बनाउँदा आउने समस्या र दक्ष जनशक्ति डकर्मी क्षेत्रका समस्याको समाधान गर्नलाई ग्राहक वर्गको घरमै पुगेर सहज सेवा उपलब्ध गराउँदै आएको भन्दै डाइरेक्टर भुसालले झ्याल ढोकाको नाप लिने र डोरफिटिङ समेत गरिदिने गरिएको बताए । उनले घरको बनावटअनुसार रंगरोगनमा समेत सहयोग गर्ने गरेको जानकारी दिए ।
पछिल्लो समयमा सहुलियत दरमा आफ्नो देशको उत्पादन र आफ्नै देशभित्र आत्मनिर्भर रहनुका साथै छिमेकी सिमा पारीको मूल्यभन्दा सहज र सस्तोमा सेवा दिएको भुसालले बताए ।
आफ्नै देशको उत्पादनलाई प्रोत्साहन गर्दै प्रयोग गर्नुपर्ने र बाहिरबाट आयातित काठले समग्र देशको अर्थतन्त्रमा असर गर्ने हुँदा यसलाई निरुत्साहित गर्नुपर्ने कुरामा उनले जोड दिए ।
स्वदेशी उत्पादनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउने र आत्मनिर्भर रहने भन्दै भुसालले आफ्नै देशमा रहेका काठले बजार पाउनुका साथै नेपाली काठ जंगलमै कुहिएर जाने अवस्थाको अन्त्य हुने जिकिर गरे ।
उनले स्वदेशी ब्राण्डलाई विश्वबजारमा निर्यात गर्न सके समग्र देशको आर्थिक अवस्था उकास्नमा टेवा पुग्ने धारणा राखे ।