नेपालगन्ज ३ भदौ । नेपालगन्ज रंगशालामा रु १० कराेड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएकाे बिषयमा राष्ट्रिय खेलकुद परिषदले अध्ययन गर्न लेखबहादुर क्षेत्रीकाे संयाेजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेकाे छ । समितिकाे सदस्यमा खेल बिज्ञ चन्द्रवहादुर गुरुङ्ग, परिषदका ईन्जिनियर पूर्णवहादुर सुन्दास रहेका छन् ।
राखेप प्रशासन प्रमुख प्रेमबहादुर मल्लका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट नेपालगञ्ज रंगशालामा निर्माणाधिन रंगशालाको सेन्थेटिक ट्याकको कार्य पञ्चकन्या-सिन्कोट्स जेभि कुपण्डोल, काठमाडौंबाट भएकोमा हालै उक्त निर्माण भएको ट्रयाकमा उप्किएको देखिएको उल्लेख छ। उक्त विषय सामाजिक सञ्जालमा समेत आएको हुँदा सो विषयमा अध्ययन गरी ३ (तीन) दिनभित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम परिषद्को भदाै २ गतेको सदस्य-सचिवस्तरीय बैठकबाट क्षेत्रीकाे संयोजकत्वमा अध्ययन उपसमिति गठन गरिएको हाे ।
नेपाली क्रिकेटको राष्ट्रियका पुर्व कप्तान समेत रहिसकेका क्षेत्री हाल राखेप सदस्य रहेका छन् । राखेपकाे पत्र प्राप्त भइसकेपछि ताेकिएको जिम्मेवारी अनुसार इमानदारीपूर्वक काम गरिने क्षेत्रीले बताए । क्षेत्रीले बाँकेकाे खेल, खेलाडीकाे भविष्य र राज्यकाे लगानीसंग जाेडिएको बिषयकाे बास्तबिकता थाहा पाउन गम्भीरतापूर्वक अध्ययन गरिने उल्लेख गरे ।
नेपालगन्ज रंगशालामा रु १० कराेड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको बिषय प्रकाशमा आएको थियो । ललितपुरकाे पंचकन्या/साईकट्स निर्माण कम्पनीले रु ९ कराेड ८६ लाख लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर भइरहेको काममा गम्भीर लापरबाही देखिएको हो ।
हाल निर्माणकाे काम सम्पन्न भइसकेपनि हस्तान्तरण भएको छैन हस्तान्तरण हुने एक बर्षकाे अवधिमै सेन्थेटिक ट्रयाक प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रमुख महेश चन्दले बताए । हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किए पछि त्यस सम्बन्धमा आवश्यक छानिबन गर्न राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको चन्द बताउँछन् । हाल अध्ययन समिति गठनले बास्तविकता थाहा पाइनेमा ढुक्क भएको उनकाे भनाइ छ ।
शुरु देखि नै निर्माण कार्यमा गुणस्तर नभएको भन्दै प्रश्न उठेकाे थियाे । प्रश्न उठ्दा कसैले पनि काम राेक्न तत्परता देखाएका थिएनन् । गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराइसकेका जिल्लास्थित खेल पदाधिकारीहरुले यस्तै रहे निर्माणकार्य रोक्ने चेतावनी दिएका थिए ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले शुरुकै दिनमा खेलपूर्वाधारमा भइरहेको लापरबाहीलाई नजरअन्दाज गर्न नसिकने भन्दै गुणस्तरका बिषयमा आवाज उठाएका थिए । आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला निर्माणमा अधुरो रहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकका लागि तत्कालिन खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा बजेट विनियोजन गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरेको सेन्थेटिक ट्रयाकको निर्माण कार्य सुस्त गतिमा भइनै रह्याे तर दवाव पछि निर्माण कम्पनीले काम शुरु गरे पनि गुणस्तरमा सम्झौता गरेकाे आशंका गरिएको छ ।
आठौंमा नेपालगन्जमा निर्माण गरिने भनिएको ट्रयाक दाङ बेलझुण्डी लगिएको भन्दै आलोचना भएको थियो । । सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल बेलझुण्डीमा भएका हुन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसैबेला नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना निर्माण गरिएको हो । तर, तीनको उपयोग हुन नसकेको भन्दै चिन्ता गरिएको छ । ठूलो मिहिनेतका साथ बनेकाे सेन्थेटिक ट्रयाक प्राेजेक्ट हस्तान्तरण नहुँदै उप्किएकाले राखेपका बिज्ञले छानबिन गरेर ठेकेदार कम्पनीलाई सुधार गर्न दिनुकाे बिकल्प नहुने प्रमुख चन्द बताउँछन् ।
ललितपुरकाे पंचकन्या/साईकट्स निर्माण कम्पनीले रु ९ कराेड ८६ लाख लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर भइरहेको काममा गम्भीर लापरबाही देखिएको हो ।
हाल निर्माणकाे काम सम्पन्न भइसकेपनि हस्तान्तरण भएको छैन हस्तान्तरण हुने एक बर्षकाे अवधिमै सेन्थेटिक ट्रयाक प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रमुख महेश चन्दले बताए । हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किए पछि त्यस सम्बन्धमा आवश्यक छानिबन गर्न राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको चन्द बताउँछन् ।
शुरु देखि नै निर्माण कार्यमा गुणस्तर नभएको भन्दै प्रश्न उठेकाे थियाे । प्रश्न उठ्दा कसैले पनि काम राेक्न तत्परता देखाएका थिएनन् । गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराइसकेका जिल्लास्थित खेल पदाधिकारीहरुले यस्तै रहे निर्माणकार्य रोक्ने चेतावनी दिएका थिए ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले शुरुकै दिनमा खेलपूर्वाधारमा भइरहेको लापरबाहीलाई नजरअन्दाज गर्न नसिकने भन्दै गुणस्तरका बिषयमा आवाज उठाएका थिए । आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला निर्माणमा अधुरो रहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकका लागि तत्कालिन खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा बजेट विनियोजन गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरेको सेन्थेटिक ट्रयाकको निर्माण कार्य सुस्त गतिमा भइनै रह्याे तर दवाव पछि निर्माण कम्पनीले काम शुरु गरे पनि गुणस्तरमा सम्झौता गरेकाे आशंका गरिएको छ ।
आठौंमा नेपालगन्जमा निर्माण गरिने भनिएको ट्रयाक दाङ बेलझुण्डी लगिएको भन्दै आलोचना भएको थियो । । सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल बेलझुण्डीमा भएका हुन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसैबेला नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना निर्माण गरिएको हो । तर, तीनको उपयोग हुन नसकेको भन्दै चिन्ता गरिएको छ ।