![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2024/08/inbound8482966980992435582.jpg?resize=740%2C402&ssl=1)
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीका कार्यकालमा निवर्तमान मुख्यमन्त्रीले गाडी सुबिधा पाउने कानुन बनाईएकाे थियाे ।
उक्त कानुन प्रदेश सरकारले खारेज गरेर त्यसरि सरकारी सुबिधा प्रयाेग गरेकाहरू बाट सुबिधा फिर्ता लिनुपर्छ । तर, साेहि कानुन अनुसार नै भरखरै पुर्व मुख्यमन्त्री हुनुभएका तथा एमाले संसदीय दलकाे नेताबाट समेत बिदा भएपछि पुर्व मुख्यमन्त्री लिला गिरीले कानुन बमाेजिम नै प्रदेश सरकारले उपलब्ध गराएको गाडी सुबिधा प्रदेश सभालाई फिर्ता गर्नुभएको छ ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
राज्यले उपलब्ध गराउने सुबिधा कानुन छ भन्दैमा आजिवन प्रयाेग गर्नु झनै ठुलाे भ्रष्टाचार हाे भन्ने उहाँको मान्यता छ । यस अघि प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पाेखरेलले यस्ताे सुबिधा पहिले नै त्याग्नुभएकाे थियाे ।