नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा ‘रेकर्ड ब्रेक’ हुने भएको छ ।
खराब मौसमका कारण पछिल्लो तीन दिनदेखि अवरोध भएको आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापका कारण आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२६ उडान तथा अवतरण तय भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै संख्यामा अवतरण हुने तालिका तय छ ।
हालसम्म तय भएका उडान र अवतरण गरेरै आन्तरिकमा ३१२ वटा उडान तालिका छन् भने अन्तर्राष्ट्रियमा पनि ५७ वटा उडान र ५८ वटा अवतरणको तालिका रहेको उनले जानकारी दिए ।