नेपालगन्ज । नेपालगन्जमा पनि होटल पौवा वेष्टर्न प्रा.लि.ले आफ्नो शाखा बिस्तार पुर्वाधार निर्माणकार्य धमाधम गरिरहेकाे छ ।
जानकी गाउँपालिकाको मानपुरमा शाखा बिस्तार गर्न होटलको भौतिक संरचना निर्माणकाे भइरहेकाे हाे ।
करिव एक अर्ब रुपैयाँको लागतमा पाँच तारे होटल सञ्चालन गरिने होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । स्थापनाको ८ वर्षमा होटल पौवा प्रा.लि.ले मुलुकका विभिन्न स्थानसहित नेपालगन्जमा पनि आफ्नो शाखा स्थापना गर्न थालेको उनले बताए ।
होटलमा फरक-फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम, स्वीमिङ पुल, क्यासिनो र स्पा लगायत सुविधा हुने बताइएको छ ।
अहिलेसम्म कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बागमती प्रदेशको काठमाडौं र सौराहामा सेवा दिन सुरु गरिसकेको होटल पौवा प्रा.लि.ले जनाएको छ ।
लुम्बिनी प्रदेशको भैरहवा, दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिंगेमा सेवा दिइरहेको जनाएको छ । होटल पौवाले पाल्पाको तानसेन र गुल्मीको रेसुंगामा रिसोर्टसहित होटल सञ्चालन गरिरहेको छ ।