नेपालगन्ज । स्वेदशमै उत्पादनकाे वातावरण बनाउन सक्ने हाे भने बिदेशबाट कुनै कुरा ल्याउनुपर्दै भन्ने उदाहरण बनेकाे छ जुम्लाकाे स्याउ ।
पश्चिम नेपालकाे आर्थिक केन्द्र नेपालगन्जमा यतिबेला बिदेशी स्याउ बिक्री पुर्णरुपले राेकिएको छ भने जहाँतहि जुम्लाको स्वदेशी स्याउ बिक्री भइरहेकाे छ ।
नेपालगन्जस्थित फलफुल व्यवसायीका अनुसार जुम्लाकाे स्याउ नेपालगन्ज आउन थालेपछि भारत हुँदै भित्रीने चिनियाँ स्याउकाे आयात ठप्प छ । अहिले हरेक फलफूल मण्डि,ठेलादेखि घरसम्म जुम्लाको स्याउ नै देख्न पाईन्छ । जुम्लि स्याउकाे उत्साहजनक ब्यापारकाे सिजन धेरै समय नहुने भएकाले अब फेरि ब्यापारीले बिदेशबाट स्याउ आयात गर्नुपर्ने अवस्था छ ।
किसानलाई प्रत्यक्ष फाईदा पुग्ने गरि बारै महिना यसरी स्वदेशि स्याउ नै बजारमा खपत गर्ने वातावरण बनाउन निजि क्षेत्र र सरकारले दिर्घकालिन याेजना चाँडोभन्दा चाँडो बनाउन जरुरी छ ।