‘नेपालगन्ज सिटी हल सबैकाे प्राथमिकता बन्नुपर्छ’- सांसद शर्मा (भिडियो सहित)


नेपालगन्ज । ३० कराेड बराबरकाे सरकारकाे लगानीमा नेपालगन्ज  उपमहानगरपालिका– १४ भवानीयापुरमा चार तले अत्याधुनिक सुविधा सम्पन्न नेपालगन्ज सिटि हल निर्माणकाकाे अन्तिम चरणमा छ । फिनिसिङको काम भइरहेकाले सम्भवत तिहार पछि याे हल हस्तान्तरणकाे प्रकृया थालिने छ ।

नेपालगन्जका लागि ठुलो पुर्वाधारका रुपमा सिटि हल तयार हुँदै गर्दा यसकाे संचालन र उपयोगीतालाई लिएर संशय व्यक्त गर्नेको कमि छैन । शहर भन्दा केही पर निर्माण गरिएकोले यसकाे संचालन कसरी हुन्छ भन्ने प्रश्न खडा भएका बेला प्रतिनिधिसभा सांसद दिपा शर्माले नेपालगन्ज सिटि हल अनुगमन गर्नुभएको छ । नेपालगन्जले ठुलाे पुर्वाधार प्राप्त गरेकाे भन्दै सांसद शर्माले संचालन कसरी गर्ने भन्ने बिषयमा शंसय व्यक्त गर्न नहुने बताउनुभयाे । शर्माले याे पुर्वाधारलाई पुर्णरुपमा उपयोग गर्ने दायित्व नेपालगन्जबासिकाे भएको उल्लेख गर्नुभयाे ।

 

संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज अनुसार  अत्याधुनिक थियटरसहितको सिटी हल निर्माण भएको हाे । सभागृहमा ८ सय सिट क्षमता छ । फिल्म हलमा जस्तै बाल्कोनी पनि बन्दैछ भने लिफ्टकाे ब्यवस्था छ ।

अण्डरग्राण्डमा २५ वटा चार पाङ्ग्रे र ६० दुई पाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको छ। पहिलो र दोस्रो तलामा एक–एक वटा र दोस्रो तलामा दुई वटा साना हल पनि बनाइएको छ । थियटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनीक हललगायतको व्यवस्था छ । हस्तान्तरण पछि संचालनकाे दायित्व र जिम्मेवारी महत्त्वपुर्ण रहने बताउनुहुन्छ,नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र ।

प्रकाशित मितिः     १५ आश्विन २०८१, मंगलवार ११:१५  |