कर्णालीकाे अदुवा युराेप निर्यात


 

नेपालगन्ज । कर्णालीकाे अदुवा प्रशाेधन गरि युराेपका विभिन्न मुलुकहरूमा निर्यात भइरहेकाे छ । कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले अदुवा प्रशाेधन उद्योगको अनुगमन गरेर त्यसकाे प्रशंसा गरेका छन् ।

भेरीगंगा – ५ सुर्खेतमा रहेकाे अदुवा प्रशाेधन गर्ने कम्पनी द अर्गानिक भ्याली प्रालिमा पुग्ने अवसर प्राप्त भएको भन्दै कँडेलले बार्षिक १० कराेडकाे हाराहारीमा प्रशाेधित अदुवा निर्यात भइरहेकाे जानकारी दिए ।

५४ जनालाई प्रत्यक्ष र एक सय भन्दा बढी कामदारले सिजनल रूपमा राेजगारी प्राप्त गरेका छन् । अर्ग्यानिक रूपमा विश्व वजारमा प्रख्यात भएकाे अदुवासंगै सिस्नाे, दालचिनी र अमिलाे प्रशाेधन गरि युराेपका विभिन्न देशहरूमा निर्यात गर्न लागिएकाे कम्पनी संचालक समीर नेवाले बताए ।

संघ र प्रदेश सरकारवाट थाेरै भएपनि उहाहरूलाई सहयाेग भएको मुख्यमन्त्री कँडेलले बताए । प्रत्यक्षरूपमा उहाँहरूकाे काम देखेर खुशी लागेकाे उनकाे भनाइ छ ।

प्रकाशित मितिः     १ पुष २०८१, सोमबार ०९:४९  |