नेपालगन्ज । गत फागुनयता सशस्त्र प्रहरीले बाँकेकाे सीमाक्षेत्रबाट रु १० कराेड मूल्य बराबरकाे तस्करीकाे सामाग्री बरामद गरेकाे छ ।
यतिका मुल्यकाे सामाग्री घरायसी प्रयोजनका लागि होइन बेच्न उदेश्यले भित्र्याएको हो । जुन गाेदाम र बजारसम्म पुग्न नपाउँदै सशस्त्र प्रहरीले बरामद गरि नेपालगन्ज भंसार कार्यालयमा दाखिला गरेकाे सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति बिमल डाँगीले जानकारी दिए ।
डाँगीले गत फागुन महिनामा यहाँको कमाण्ड सम्हालेका थिए । त्यसयता सबैभन्दा धेरै १ कराेड ३३ लाख मुल्य बराबरकाे सामाग्री अषाढ र कम मंसिर महिनामा ५३ लाख बराबरकाे सामाग्री बरामद गरेकाे हाे ।
नेपाल भारत नाकाबाट लाखौंका मालसामान राजस्व छलेर नेपाल सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा राजस्व छलेर नेपाल भित्रिएका सामान बरामद गर्न थालेकाे हाे ।
सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी डाँगीले प्रहरी सक्रियता बढेकै कारण धेरै सामान बरामद गर्न सफल भएको जनाउँदै तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सो नियम राम्रो भएकोले कडाइका साथ लागु गर्नुपर्ने माग गर्दै तस्करी र अवैध आयात पनि कडाइका साथ रोक्नुपर्ने बताउँछन् । उनले सीमापारिबाट हुने तस्करीले गर्दा नेपालगञ्जको व्यापार व्यवसाय प्रभावित हुने जनाउँदै तस्करी नियन्त्रण आवश्यक रहेको उल्लेख गरे ।
अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उनको भनाइ छ । नेपालगन्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।
बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् । दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।