कृषिमा आइपिएम प्रविधि के हाे ? हेर्नुस् भिडियो


बालीनालीका शत्रु कीरा मार्न प्रयोग हुने रासायनिक विषादीले मित्र (फाइदा गर्ने) जीवसमेत मार्ने क्रम बढेपछि २२ वर्षअघि सरकारले अभियानकै रुपमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कार्यक्रमलाई लागू गर्‍यो।

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा तत्कालीन बाली संरक्षण निर्देशनालयको राष्ट्रिय आइपिएम कार्यक्रममार्फत मुलुकभर कृषक पाठशाला सञ्चालन हुन थाले। कृषि प्राविधिक (अधिकृतदेखि जेटिएसम्म) र अगुवा कृषकलाई विभिन्न चरणको तालिमपछि आइपिएम प्रशिक्षक र सहजकर्ता बनाइयो।

बितेको एक दशक मुलुकको कृषि क्षेत्र आइपिएममय बनेको मात्रै नभई करिब एक लाख किसानले खेती किसानीमा यो पद्धति आत्मसात गरेको कृषिविज्ञहरु बताउँछन्।

प्रकाशित मितिः     १० पुष २०८१, बुधबार ०९:०४  |