प्रचार अभियानलाई प्रभावकारी बनाउँदै एमाले बाँके


नेपालगन्ज । नेकपा एमाले बाँकेले प्रचारात्मक अभियानलाई प्रभावकारी बनाउने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख निर्मला सुनारकाे अध्यक्षतामा बसेकाे बैठकले सबै संयन्त्र प्रयाेग गरि पार्टीले गरेका गतिविधिहरु प्रचारप्रसारमा ल्याउने निर्णय गरेकाे हाे ।

बैठकमा केन्द्रीय सदस्यता तथा बाँके इन्चार्ज शान्ति ढकाल,केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र,पार्टी अध्यक्ष निरक गुरुङ,माेर्चा संगठन प्रमुख किशाेर थापाले पार्टीको गतिविधि कार्यकर्ता र जनतामाझ पुर्याउन प्रभावकारी काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।

प्रचार विभागकाे बैठकले खम्बप्रसाद पुनलाई सचिव चयन गर्ने निर्णय गरेकाे छ ।

प्रकाशित मितिः     १२ पुष २०८१, शुक्रबार १७:०९  |