राप्ती नदीकाे सिधिनिया बन्दैछ सात सय मिटर लामाे पुल (भिडियो )


 

नेपालगन्ज । हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माणकाे काम धमाधम भइरहेकाे छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन बनाइरहेकाे हाे ।

सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको पुल एउटा गाडी मात्र ओहोरदोहोर गर्न मिल्ने खालको छ ।

०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको हाे । ‘अहिले निर्माण भइरहेको पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडा छ,’ उनले भने, ‘दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण गरिनेछ ।’ भ्याटसहित एक अर्ब १९ करोडमा पुलको काम भइरहेको हाे । लामो पुल नहुँदा राप्ती नदीमा आएको बाढीले सडक बगाउँदा गर्मी र हिउँदमा समेत आउजाउ गर्न समस्या हुने गरेको छ । बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेको छ ।

नरैनापुर गाउँपालिका– ५ मटेहियाका विनय दीक्षितले पुल निर्माण हुन थालेपछि खुसी लागेको बताए । उनले बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँदमा समेत आउजाउ गर्न असहज हुने गरेको बताए ।

‘बर्खामा आउजाउ गर्न सकिँदैन नै, हिउँद र गर्मीयाममा समेत असहज हुन्छ,’ उनले भने, ‘सात सय मिटर लामो पुल बन्न लागेपछि नरैनापुरवासी खुसी देखिएका छन् ।’

प्रकाशित मितिः     १३ पुष २०८१, शनिबार ०७:१९  |