‘इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गर्छु’


 

नेपालगन्ज । पाेखरा बिश्वबिद्धालयका उपकुलपति प्रा.डा. वेदराज केसीले इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उपकुलपति नियुक्तपछि सामाजिक संजालमा लेख्दै केसीले उच्च शिक्षाको विकासमा योगदान गर्नसक्ने विश्वासका साथ पोखरा विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ ।

‘हिजो सपथसमेत गराई गहन जिम्मेवारी प्रदान गर्नुहुने श्रद्धेय कुलपति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु।’- उहाँले लेख्नुभएको छ ।

उहाँले याे गहन जिम्मेवारीलाई ज्ञान र विवेकले भ्याएसम्म इमान्दार एवं कर्तव्यनिष्ठ भई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मितिः     १३ पुष २०८१, शनिबार १४:०५  |