कब्रिस्तान ब्यवस्थापन समितिकाे अध्यक्षमा ‘छाेट्कउ’


नेपालगन्ज : मुस्लिम समुदायको शव विसर्जन स्थल (कब्रिस्तान) ब्यवस्थापन समितिले शनिवार आयोजना गरेको भेलाले हाजी अब्दुल रहीम हलवाई (छोटकउ) को नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

नेपालगंज उपमहानगरपालिका ४ मा रहेको कब्रिस्तानलाई थप व्यवस्थित बनाउन नव गठित समितिको अध्यक्षमा हाजी अब्दुल रहीम हलवाई (छोटकउ) उपाध्यक्षमा फिरोज वारसी, निसार अन्सारी,अश्फाक अन्सारी, सचिवमा गौसिया जियाउल इस्लामको प्रतिनिधि हुने, सह-सचीवमा जमील जरगर, मोहम्मद आलम खान,इब्राहिम शेख, कोषाध्यक्षमा यासिन अन्सारी र सह-कोषाध्यक्षमा अब्दुल करीम हल्वाई (बच्चुलाल) रहेका छन ।

यस्तै सदस्यहरु मो. उमर हल्वाई, हाजी अनिस अन्सारी, मोहम्मद वहाब खान, मोहम्मद आसिफ अन्सारी, जुम्मन खान, मो. इसहाक सिद्दिकी, फरिदुलहक हलवाई, मो. सलीम मुस्लमान, नफीस अन्सारी, मोहम्मद साकिर बेहना (कुन्नु), र मोहम्मद फारुक हल्वाई रहेका छन ।

प्रकाशित मितिः     १४ पुष २०८१, आईतवार ०८:५८  |