नेपालगन्ज । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर केहीमा भने सामाजिक भावना पनि रहेको छ ।
स्थायी घर ताँजाकोट गाँउपालिका वडा ०४ हुम्ला निवासि हाल बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानी तारञ्जा स्थित कञ्चनापुर आधारभुत बिद्यालयका प्रधानाध्यापक बसन्त देवकोटाले आफ्नो जन्मदिनको खर्च बिद्यार्थीको शैक्षिक बिकासका लागि खर्चिनुभएको छ । उहाँले बिद्यालयमा अध्यनरत करिब १२० जना विद्यार्थीलाई १÷१ वटा कापी र कलम हस्तान्तरण गर्नुभएको हो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बडिगाड ३ का वडा सदस्य बोम बहादुर थापाले विद्यार्थीको शैक्षिक विकासका निम्ती सहयोग हुँदा निकै आनन्द अनुभुति भएको बताउनुभयो ।
हाम्रो विद्यालयमा अहिले सम्म विद्यार्थीलाई हौसला प्रधान गर्ने काम कसैले गरेको थिएन तर यो शैक्षिक जागरणका निम्ती नयाँ आयाम भएकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जन्मदिनमा यसप्रकारको उदाहरणिय कार्यको थालनी गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिनलाई उर्जा मिलोस भन्दै प्रद्यानाध्यापक देवकोटालाई जन्मदिनको शुभकामना दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक देवकोटाले भन्नुभयो कि प्रत्येक विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दा, उनीहरूमा शिक्षा प्रतिको प्रतिबद्धता र लगावमा टेवा पुग्ने छ । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उहाँले भन्नुभयो, विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग गर्ने छु । सोही अवसरमा उहाँले आगामी दिनमा स्कुलको भौतिक, शैक्षिक सुधारका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई कापी र कलम वितरण गरिएको थियो । शिक्षक देवकोटाको यस कदमलाई विद्यालयका विद्यार्थीहरू र उनका अभिभावकहरूले सराहना गरेका छन् ।
यस कार्यक्रमले बिद्यालयका विद्यार्थीहरूलाई थप उत्साह र शिक्षा प्रतिको लगाव जागृत गर्ने विश्वास गरिएको छ । यस कार्यले कञ्चनापुर आधारभूत विद्यालयमा शिक्षा र प्रेरणा दिदै भविष्यमा उत्कृष्ट शिक्षण वातावरण बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ । शैक्षिक बितरण कार्यक्रममा बडिगाड ३ का वडा सदस्य बोम बहादुर थापाको बिशेष उपस्थिति रहेको थियो ।