नेपालगन्ज । नेपालगन्ज -१८ स्थित सगरमाथा स्कुलले प्राईमरी हेल्थ केयर युनियट संचालन गर्दै विद्यार्थीको स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिइरहेकाे छ ।
सरकारले बिद्यालयमा नर्स कार्यक्रम संचालन गर्ने घाेषणा गरेपनि कार्यान्वयन नभइरहेका बेला उक्त स्कुलले याे कार्यक्रम २०६३ सालबाट संचालन गरिरहेकाे हाे । याे विद्यालय २०६२ सालबाट संचालनमा आएको हो ।
ब्यवस्थापन संकायमा कक्षा ११ र १२ संचालन गरिरहेकाे छ । विद्यालयले बिएन अध्ययन गर्नुभएको आस्था जिसि याे प्राइमरी हेल्थ केयर युनिट प्राथमिक हेल्थ युनिटकाे इन्चार्ज हुनुहुन्छ।
विद्यालयकाे म्यानेजिङ काेर्डिनेटर समेत जिसिले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यकाे हेरचाहमा प्राथमिक हेल्थ युनिट कार्यक्रम प्रभावकारी बनेकाे बताउँनुहुन्छ ।