नेपालगन्ज । फोटोन नेपालले नेपालगन्जमा आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ ।
नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि र फोटोनको लागि बाँके बर्दियाको आधिकारिक डिलर वेस्टर्न अटो सेन्टरले सिद्धार्थ कटेजमा एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो ।
विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ ।
१३० kWh को चरम शक्ति र ३३० Nm को अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ । उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् ।
यस्तै, सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ । उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएकाे छ ।
१४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार र १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।
उद्घाटनको अवसरमा फोटोन नेपालले एक हप्तासम्म बुकिङ गर्नेहरूलाई नगद २ लाख छुट र ५५ इन्चको स्मार्ट टिभी उपहार दिने घोषणा पनि गरेको छ ।
माउन्टेन ईभी भ्यानको लंचिङ अगाडी फोटोन नेपालले सुर्खेत रोड, मिलननगर,नेपालगन्ज वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) आफ्नो नयाँ शोरुम वेस्टर्न अटो सेन्टरको पनि उद्घाटन गरेको छ ।
एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठ र नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो । दुवै कार्यक्रमको सञ्चालन समिर मान श्रेष्ठले गरेका थिए ।
माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता शहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ । १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने कम्पनीले जनाएको छ ।
माउन्टेन इभी भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता , सेल्स हेड नवीन आचार्य , आफ्टर सर्भिस हेड जयन्त बस्नेत , मार्केटिङ हेड प्रकाश सुवेदी ,म्यानेजर विशाल दाहाल , रिजनल म्यानेजर विक्रम बोहरा , बाँकेका विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरु , बैंकर्स , उद्योगी व्यवसायी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।