निक्षेप फिर्ताकाे सकारात्मक पहल,धैर्य गर्न अनुरोध


नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंकका निक्षेपकर्ताकाे निक्षेप फिर्ता गर्न सकारात्मक पहल शुरु भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा गठन गरिएको ब्यवस्थापन समितिले तरलताकाे जाेहाे गर्दै सबैकाे निक्षेप फिर्ता गर्दै जाने भएको हुँदा सबैलाई सकारात्मक सहयाेग गरिदिन आग्रह गरेकाे छ ।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहमार्फत् व्यवस्थापन भईरहेको सन्दर्भमा संस्थामा हाल रहेको तरलता अवस्थालाई दृष्टिगत बुधबार बिभिन्न शाखामार्फत् निक्षेप भुक्तानी गरिरहेकाे छ ।

बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता प्रदान गर्ने गरी अधिकतम रु २५०००।- को सिमा भित्र रही प्रति शाखा अधिकतम् ५० जना सम्मलाई निक्षेप भुक्तानी गरिने राष्ट्र बैंककाे ब्यवस्थापन समुहका संयोजक टिकाराम खतिवडाले बताए ।

२) भुक्तानी गरिने शाखा कार्यालयहरु :

१) केन्द्रिय कार्यालय, नेपालगंज, बाँके

२) तुल्सीपुर शाखा, तुल्सीपुर दाङ्ग

३) लमही शाखा, लमही, दाङ्ग

४) गुलरिया शाखा, गुलरिया, बर्दिया

५) बाँसगढी शाखा, बाँसगढी, बर्दिया

६) भुरिगाउँ शाखा, भुरिगाउँ, बर्दिया

७) घोराही शाखा, घोराही, दाङ्ग

८) कोहलपुर शाखा, कोहलपुर, बाँके

९) खजुरा शाखा, खजुरा, बाँके

१०) सानोश्री शाखा, सानोश्री, बर्दिया

११) भालुवाङ्ग शाखा, भालुवाङ्ग, दाङ्ग

१२) गढवा शाखा, गढवा, दाङ्ग

१३) राजापुर शाखा, राजापुर, वर्दिया

१४) ठाकुरद्वारा शाखा, ठाकुरद्वारा, बर्दिया

१५) नारायणपुर शाखा, नारायणपुर, दाङ्ग

१६) सिसहनिया शाखा, सिसहनिया, दाङ्ग

१७) शम्शेरगञ्ज शाखा, शम्शेरगञ्ज, बाँके

१८) वैजापुर शाखा, वैजापुर, बाँके

१९) बिजौरी शाखा, बिजौरी, दाङ्ग

संस्थामा उपलब्ध हुने तरलताको आधारमा निक्षेप भुक्तानी सम्बन्धि कार्यलाई थप प्रभावकारी वनाईने व्यहोरा अनुरोध गर्दै ग्राहकवर्गबाट सकारात्मक सहयोगको अपेक्षा  गरिएको खतिवडाले बताए ।

प्रकाशित मितिः     १८ पुष २०८१, बिहीबार १०:४८  |