
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।
बर्फानीबाबा खानेपानी आयोजनामा बिद्युतिकरण कार्य सम्पन्न भएको छ भने अब चाडै मन्दिरसम्म पानि पुर्याउने तयारी भइरहेकाे खानेपानी तथा सरसफाइ कार्यालय नेपालगन्जले जनाएको छ।

बाँके जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयले सबैको घर- घरमा सफा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यलाई गम्भीरतापूर्वक लगिरहेकाे बताउँदै कार्यालयले धैर्य गर्न र साथ दिन अनुराेध गरेकाे छ ।