नेपालगन्ज । याे हाे,अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने भारतीय रेल सेवा । जसकाे नामै नेपालगन्ज राेड रेल्वे राखिएको छ ।
भारत जान आउन संयाै नेपालीले यात्रा गरिसकेकाे याे पुरानाे रेलवे अहिले भने भारत सरकारले बन्द गरिसकेकाे छ। रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न भन्दै सेवा बन्द गरिएको हो । अहिले रेलवे बिस्तारकाे काम धमाधम भइरहेकाे छ ।
नेपालगन्जसँग जोडिएको रुपैडियादेखि बहराईचसम्म सानो रेल सञ्चालन हुँदै आएको थियो । अब सिधा सम्पर्क गोन्डासम्म हुने छ त्याे पनि ठुलाे रृलबाट । गुण्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ ।
भारत सरकारले रुपैडिहा–गोन्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडिलाइन) सेवा सञ्चालन गर्न निर्णय गरि निर्माणकाे काम गरिरहेकाे हाे । उसले मर्मत र विस्तारको काम सुरु गरिसकेको सम्भवत सन् २०२५ भित्र निर्माणकाे काम गरिसक्ने छ ।
रेल विस्तारपछि नेपालगन्ज सोझै दिल्लीसँग जोडिने छ । त्यसकाे प्रत्यक्ष लाभ नेपाली नागरिकले अनुभुती गर्न पाउने छन् । भारतका ठुलठुला शहरमा जान आउन रेलकाे साेझो पहुँच हुने छ ।