नेपालगन्ज । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहनुभएमा प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिनुभयाे । यस आयोजनामा शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने अन्य लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन्।
मनाङ जिल्लाको नासौं गाँउपालिकामा निर्माणाधिन दाना खोला जलविधुत आयोजना ४९.९५ मेगावाट (प्रस्तावित ८३.३ मेगावाट) को सानीमा बैंक लिमिटेडको अगुवाई र नबिल बैंक, नेपाल एसबिआई बैंक, सिटिजन बैंक, बाणिज्य बैक, कृषि बिकास बैक र एचआईडिसिएलको सहकार्यमा रू. ७४७ करोड ऋण सम्झौता गरिएको छ भने रू. २४९ करोड स्वपूँजी रहेको छ ।

वित्तीय व्यवस्थापन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, मनाङबाट निर्वाचित संघीय सांसद टेक बहादुर गुरूङ, अतिथि इप्पानका अध्यक्ष गणेश कार्की र नासौं गाँउपालिकाका अध्यक्ष धनबहादुर गुरूङले आयोजना निर्धारित बजेट र समयमा निर्माण सम्पन्नका लागि शुभकामना दिनु भएको छ ।
प्रवर्द्धक डाँगीले कार्यक्रममा उपस्थित ऊर्जासचिव सुरेश आचार्य लगायत लगानीकर्ता बैकहरू, इप्पानका सदस्य शेयर सदस्यलाई धन्यवाद दिनुभयाे ।