शुक्रबारसम्म निक्षेप भुक्तानी स्थगित,धैर्य गर्न अपिल


बचतकर्ता दैनिक धाइरहेका छन् बैंक(भिडियो रिपोर्ट)

नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंकले शुक्रबारसम्म निक्षेप फिर्ता गर्ने कार्य स्थगित गरेकाे छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंकबाट गठित ब्यवस्थापन समुहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको छ ।

संस्थामा क्रमशः निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भईरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य संचालनको लागि कार्य भईरहेको राष्ट्र बैंक ब्यवस्थापन समुहका संयाेजक टिकाराम खतिवडाले बताए ।

सोका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गर्ने गरी हाल मिति २०८१/०९/२३ गते (मंगलवार) देखि २०८१/०९/२६ गते (शुक्रवार) सम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको खतिवडाले बताए ।

निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई राष्ट्र बैंककाे ब्यवस्थापन समुहले पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको र नियमानुसार क्रमशः भुक्तानी हुने व्यहोरा अनुरोध गर्दै बाहिरी हल्ला, भ्रम र भीडको पछाडी नलागी धैर्यता कायम गरी व्यवस्थापन समुहलाई सहयोग गरी दिनु हुन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मितिः     २४ पुष २०८१, बुधबार १६:३४  |