नेपालगन्ज । भारतकाे उत्तरप्रदेशमा लाग्ने महाकुम्भका लागि बाँके,बर्दियामाकाे सीमाक्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाइ गरिएको छ ।
महाकुम्भ सहित भारतकाे गणतन्त्र दिवसलाई लक्षित गरि बाँके,बर्दिया र भारतकाे बहराईचस्थित सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखबिच छलफल भइसकेकाे छ ।
महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका सिमा अपराध निराकरण तथा रोकथामका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।