लुम्बिनी प्रदेशमा रु.५ खर्ब ६० अर्ब ९० करोड कर्जा प्रवाह


 

नेपालगन्ज । २०८१ असार मसान्तमा लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ६० अर्ब ९० करोड १० लाख पुगेको छ।

२०८० असार मसान्तमा कुल कर्जा अघिल्लो वर्षको तुलनामा २.७१ प्रतिशतले वृद्धि भएको थियो। त्यसैगरी, २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जा निक्षेप अनुपात ९८.०८ प्रतिशत रहेको छ।

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशवाट संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १२.८० प्रतिशतले वृद्धि भई रु.५ खर्व ७५ अर्व ८५ करोड ५३ लाख पुगेको छ। जसमध्ये चल्ती निक्षेप १४.३८ प्रतिशत र अन्य निक्षेप ०.३ प्रतिशतले ह्रास भएको छ भने बचत र मुद्धती निक्षेप भने क्रमशः २८.२८ प्रतिशत र ६.१८ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्था एवम् वित्तीय सेवाको अवस्था

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्राप्त तथ्याङ्क अनुसार २०८१ असार मसान्तसम्ममा यस प्रदेशमा क वर्गका ७४५ ख वर्गका २५७, ग वर्गका ४७ र घ वर्गका ११३० गरी जम्मा २१७५ वटा बैंक तथा वित्तीय सस्थाहरुका शाखाहरु र १९९ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट वित्तीय सेवा उपलब्ध गराएका छन्। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुमा ४० लाख १५ हजार ६०१ मोबाईल बैंकिङ्ग सेवा र २ लाख ८३ हजार ९ सय ९२ ईन्टरनेट बैंकिङ्ग सेवा दर्ता भएका छन् ।

कुल निक्षेप

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशवाट संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १२.८० प्रतिशतले वृद्धि भई रु.५ खर्व ७५ अर्व ८५ करोड ५३ लाख पुगेको छ। जसमध्ये चल्ती निक्षेप १४.३८ प्रतिशत र अन्य निक्षेप ०.३ प्रतिशतले ह्रास भएको छ भने बचत र मुद्धती निक्षेप भने क्रमशः २८.२८ प्रतिशत र ६.१८ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी, कुल निक्षेपमा चल्ति, बचत, मुद्धती र अन्य निक्षेपको अंश क्रमशः ५.६४ प्रतिशत, ४३.८५ प्रतिशत, ४५.३१ प्रतिशत र ५.२० प्रतिशत रहेको छ । जिल्लाहरुको कुल निक्षेपको अवस्था तुलना गदां सवैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लामा ४३.१९ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुम पूर्व जिल्लामा ०.३१ प्रतिशत रहेको छ ।

कुल कर्जा

२०८१ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ६० अर्ब ९० करोड १० लाख पुगेको छ। २०८० असार मसान्तमा कुल कर्जा अघिल्लो वर्षको तुलनामा २.७१ प्रतिशतले वृद्धि भएको थियो। त्यसैगरी, २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जा निक्षेप अनुपात ९८.०८ प्रतिशत रहेको छ।

कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लाको ५०.०८ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व जिल्लाको ०.२० प्रतिशत रहेको छ। त्यसैगरी, कर्जा निक्षेप अनुपात सवैभन्दा धेरै वाँके जिल्लामा १४७.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्घाखांची जिल्लामा १६.७५ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुको सङ्ख्या २०८० असार मसान्तको तुलनामा सामान्य ह्रास भएको छ ।

विपन्न वर्ग कर्जा

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको विपन्न वर्ग कर्जा २०८० असार मसान्तको तुलनामा ५.१८ प्रतिशतले वृद्धि भई रु.४४ अर्ब २३ करोड २ लाख पुगेको छ । २०८० असार मसान्तमा यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ०.९० प्रतिशतले ह्रास भएको थियो । २०८१ असार मसान्तमा यस प्रदेशको कुल कर्जामा विपन्न वर्ग कर्जाको हिस्सा ७.८९ प्रतिशत रहेको छ ।

पुनरकर्जा

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको पुनरकर्जा २०८० असार मसान्तको तुलनामा ६९.७१ प्रतिशतले ह्रास भई रु.१४ करोड ९७ लाख रहेको छ । २०८१ असार मसान्तमा यस प्रदेशको कुल कर्जामा पुनरकर्जाको हिस्सा ०.०३ प्रतिशत रहेको छ

सहुलियतपूर्ण कर्जा

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा ३६.२९ प्रतिशतले ह्रास भई रु.१९ अर्ब १ करोड २८ लाख पुगेको छ । २०८० असार मसान्तमा यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा १०.५४ प्रतिशतले ह्रास भएको थियो । २०८१ असार मसान्तमा यस प्रदेशको कुल कर्जामा सहुलियतपूर्ण कर्जाको हिस्सा ३.३९ प्रतिशत रहेको छ ।

प्रकाशित मितिः     ६ माघ २०८१, आईतवार १६:१५  |