नेपालगन्ज । सिद्धबाबा सुरुङमार्ग भोलि उद्घाटन हुँदैछ । उक्त सुरुङमार्ग उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बुटवल आउँदै छन् । बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबामा निर्माणाधिन सुरुङमार्गको ब्रेक थ्रू गर्दै छन् ।
सिद्धबाबा सुरुङमार्ग एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ।
२०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। मुख्य सुरूङ सुक्रवार प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुने छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा छ ।