
नेपालगन्ज । नेपालगन्ज-३ स्थित जामे मस्जिद इदगाह संचालक समितिकाे अध्यक्षमा रहमान मियाँ सर्वसम्मत निर्वािचत हुनुभएको छ ।
बिहीबार भएको भेलाले मियाँलाई अध्यक्ष र उपाध्यक्षमा हाजी रौनक अली, महासचिवमा एैनउद्दिन अन्सारी, कोषाध्यक्ष मो हुसैन हल्वाईलाई निर्वाचित गरेकाे छ ।

याे मस्जिद यहाँको मुख्य मध्येकाे मस्जिद हाे । नयाँ निर्वािचत कार्यसमितिले उत्कृष्ट काम गर्ने नयाँ कार्यसमिति गठनमा पहल गर्नुभएका अगुवा माेहमद हारुन हल्वाईले बिश्वास व्यक्त गर्नुभएको छ ।