केही समय अघि बुटवल जाँदा एकजना कलाकारले ‘कहिले बन्छ सिद्धबाबा सुरुङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ।
यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौं नागरिकको ज्यान गएर पीडा भोग्नु परेको थियो।
हामीले सुरुङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेका थियौं। आज सिद्धबाबा सुरुङ मार्गको ब्रेक-थ्रु भएको छ ।
यो सुरुङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जाने अनुकूलता मिल्ने छ ।
यो सडक कालिगण्डकी करिडोरसँग पनि जोडिन्छ ।