अर्थ समितिकाे भन्सार अनुगमन टोलीद्वारा नेपालगन्ज आइसीपी अनुगमन


 

नेपालगन्ज । प्रतिनिधिसभा अर्थ समितिको भन्सार अनुगमन टोलीले शुक्रबार नेपालगञ्जस्थित एकीकृत सुरक्षा पास (आइसीपी) अनुगमन गरेकाे छ।

पालगञ्जस्थित एकीकृत सुरक्षा पास (आइसीपी), पुरानो भन्सार र जमुनी नाकाको स्थलगत अध्ययन, छलफल, निरीक्षण, अनुगमन र अन्तरक्रिया सम्पन्न गरेको सांसद सुर्य थापाले जानकारी दिनुभयाे ।

समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा सदस्यहरू सूर्यबहादुर थापा क्षेत्री, गंगा कार्की, छिरिङ डम्डुल लामा, रणकुमारी बलम्पाकी मगर, अन्जनी श्रेष्ठ, समिति सचिव रेखा उपाध्याय खनाल र नासु उद्दव डुम्रे सम्मिलित टोलीले शुक्रबार लुम्बिनी प्रदेशका अन्य भन्सार नाकाहरूको स्थलगत भ्रमण गर्नेछ

प्रकाशित मितिः     १२ माघ २०८१, शनिबार ०८:५२  |