
जयपति ढकाल
बाँके – लुम्बिनी प्रदेशकै पहिलो सुचिकृत प्राङ्गारिक मल उत्पादक कम्पनी श्री धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजि प्रालिले रु ८ करोडको लगानीमा आफ्नै जग्गामा आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ ।
कोहलपुर नगरपालिकाको मेयर पुर्ण प्रसाद आचार्य द्वारा नवनिर्मित भवन को उद्वघाटन भएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख, बाँके र बर्दियाका एग्रोभेट संचालकहरु र कृषकहरु र अन्य स्थानीयहरुको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको कम्पनिले जनाएको छ ।

कम्पनीका प्रबन्धक निर्देशक सुधीर सिंह का अनुसार यस संस्थाको स्थापना बर्ष विस २०७४ मा कम्पनीकी संस्थापक र निर्देशक पार्बती काप्रीको अध्यक्षतामा एकल लगानिको साथमा भएको हो र यस संस्थाले २०७४ देखिनै प्राङ्गारिक मल उत्पादन गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार, काठमाडौं मासुचिकृत भ ई राष्ट्रीय बाली विकाश केन्द्र (NARC) द्वारा प्रमाणित भएको प्राङ्गारिक मल विगत २०७४ देखिनै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका कृषकहरुलाई प्राङ्गारिक मल आपूर्ति गरि सेवा प्रदान गर्दै आएको हो ।
हाल यस कम्पनीमा २४ जना कर्मचारी कार्यरत छन र कम्पनीका मुख्य भिजन नेपालका कृषकहरुलाई जैविक खेतीका लागि प्राङ्गारिक मल आपूर्तिकर्ताको रुपमा विशेष पहिचान बनाउने भएको प्रबन्धक निर्देशक सुधीर सिंहले बताउनु भयो ।