
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) को स्थापना दिवसको यस विशेष अवसरमा सम्पूर्ण चार्टर्ड एकाउन्टेन्टहरू, लेखा व्यवसायीहरू, प्रशिक्षार्थीहरू तथा यस प्रतिष्ठित संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
व्यावसायिकता, पारदर्शिता तथा उत्तरदायित्वका मान्यताहरूलाई आत्मसात गर्दै आइक्यानले लेखा तथा वित्त क्षेत्रको विकासमा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण छ। संस्थाले वित्तीय अनुशासन, सुशासन, तथा आर्थिक समृद्धिमा खेलेको भूमिका प्रशंसनीय छ।
यस विशेष अवसरमा, संस्थाको निरन्तर प्रगति, पेशागत उत्कृष्टता तथा सम्पूर्ण सदस्यहरूको सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछु। आइक्यानले अझ उच्च उचाइ हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउँदै जाने विश्वास लिएको छु।

जय आइक्यान!