
पश्चिम नेपालमा नै आयोजना गरिएको पहिलो साईकल ईभेन्ट हो “दुर दि ठाकुरद्वार। २०७४ सालमा आज भन्दा करिव आठ वर्ष पहिला गठन गरि जिल्ला खेलकुद विकास समितीमा समेत आवद्ध भएको नेपालगंज साईक्लिड क्लव पश्चिम नेपालको साईक्लिङ चेन मार्फत स्वास्थ्य, खेलकुद, पर्या-पर्यटनका साथै विकास प्रवद्धन गर्ने एक सशक्त क्लबका रुपमा चिरपरिचित छ।
यस क्लबले साईक्लिंग मार्फत गुमनाम र गुल्जार भएका पर्यटकीय गन्तव्यहरुको व्यापक प्रचार-प्रसार गर्दै पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस क्लबले प्रकृक्ति, संस्कृति, स्वास्थ, खेलकुद, वातावारण र पर्यटनको नारालाई केन्द्र भागमा राख्दै नेपालगंज र आसपासमा छरिएर रहेका साइक्लिस्टहरुलाई एकीकृत एवं संगठित गर्दै सामाजिक उत्तरदायित्व बहनकालागि समेत पहलकदमी गरिरहेको छ।
यसकासाथै क्लबले गुणात्मक एवं संख्यात्मक तवरले साईक्लिस्टहरु वृद्धि गर्ने हेतुले विभिन्न साईक्लिंड सम्बन्धि खेल, विभिन्न दिवस एवं अवसरहरुमा साईक्लिंग सचेतनामुलक रयाली, साईक्लिंग कोरा, यात्राका साथै विभिन्न सामाजिक उत्तरदायीमुखी इभेन्टहरु समेत गर्दै आईरहेको छ
मेयर कप साईकल दौड प्रतियोगिता, दूर हे ठाकुरद्वारा यसैका ज्वलन्त उदाहरण हुन । नेपालगज नेपालको अति प्राचिन, धार्मिक, सामाजिक-सांकृतिक महत्वका साथै औधोगिक सान र मान बोकेको एक शहर ही। यो संगै जोडिएको बर्दिया पनि सामजिक, सांस्कृतिक, धार्मिक एवं प्राक्तिक सम्पदाहरुको दृष्टिकोणले विश्वव्यापी चचर्चा बोकेको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
साईक्लिको चेन, पाइडलका साथै पांग्राको सहायता मार्फत नेपालगन्जका साथै स्वदेशी एवं विदेशी साईक्लिस्टहरुलाई आमन्त्रण तथा आकर्षित गर्दै यस क्षेत्र र छिमेकी जिल्ला हरुको पर्यटकीय स्थलको दृश्यावलोकन गर्न र पर्यटकिय सम्भावनाहरुको व्यापक खोजि गर्दै आमरुपमा पर्यटन प्रर्वधन गर्ने ध्येय अनुसार वि.स. २०७५ मा दुर हे ठाकुरद्वारा साईक्लिंड यात्राको प्रारम्भ भएको हो।
जसमा नेपालगन्ज को स्थानिय मिडिया सदभाव दैनिक से मुख्य प्रायोजन सत्रै Sadvab.com Tour de Thakurdwara भनेर आयोजना गरिएको कार्यक्रममा विश्व साईकल यात्री पुस्कर शाह दुई अस्ट्रेलियन यात्री सहित ५० जनाको सहभागिता रहेको थियो। यस क्लवले ओझेल मा परेका पर्यटकिय गन्तव्य हरुको खोजि गरी ति पर्यटकिय गन्तव्य हरुको प्रचार प्रसार गर्ने गरेको छ। जस्तै नरैनापुर का बावा वफर्फानी, गोर्वचन धाम, सन्तानेश्वर मन्दिर, वर्दिया को सतखलवा ताल बोके को सुतैया ताल नेपालगन्ज को कान्ति ताल लगायत का रहेका छन।
बि. सं २०७५ साल बाट सुरु भएको दुर डे ठाकुरद्धारा को सातौं सस्करण BYD TOUR DE THAKURDWARA 2025 यही माघ २५ गते शुकवार आयोजना हुदैछ। पहिलो सस्करण बाट बैठौं सस्करण सम्म निरन्तर आयोजना गरिएको दुर दि ठाकुरद्वारा साईकल यात्रा नेपालमै अन्र्तराष्ट्रीय मान्यता वदुल्न सफल साईकल यात्रा को सातौं सस्करण लाई विश्वकै चर्चित ईभि मोटर BYD ले मुख्य प्रायोजक को रुपमा प्रायोजन गर्दै छ। उक्त कार्यक्रमको उदघाटन उद्योग, पर्यटन तथा यातायात मन्त्री माननीय प्रचण्ड विकम न्यौपानेले गर्नु हुनेछ । उक्त कार्यक्रम मा सहभागी साईकल यात्रीहरु लाई नेपालगन्ज सहरको तर्फ बाट नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले स्वागत गर्नुहुने कार्यकम रहेको छ ।

सस्कृति, प्रकृति, स्वास्थ्य, पर्यटन, पर्यावरण र खेलकुद कालागि साइकल भन्ने मुख्य नारा सहितको महान कार्यमा जुटेको यस क्लव बाट देश र विदेश का अन्य साईक्लिङ्ग इंमेन्ट हरुमा पनी बीके बाट प्रतिनिधित्व जनाउदै आएको छ । संस्कृति, प्रकृक्ति, स्वास्थ्य, पर्यटन र खेलकुद मार्फत समग्र यस क्षेत्रको सामाजिक, आर्थिक र मानवीय विकासमा टेवा पुर्याउन यस वर्ष यो क्लबले विभिन्न सरोकारवाला निकायहरुको समन्वय, सहकार्य मा वि वाई डि टुर डे ठाकुरद्वारा आयोजना गर्ने जमर्को गरेको छ।
यसै सन्दर्भमा नेपालगन्ज साईल्किङ्ग क्लवको आयोजना र नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उम नगरपालिका को विषेस सहयोग र बाँके वर्दिया का स्थानिय पालिका सरकार हरु नेपाल पर्यटन बोर्ड, प्रदेश पर्यटन मन्त्रालय पर्यटन विकास परिषद रा खे परिषद, पर्यटन डिभिजन कार्यालय कोहलपुर र BYD FONEPAY WWF,BB CYCLE, ZSL बाणिज्य बैंक, नेपालगन्ज उद्योग वाणिज्य संघ, NTC, NOC सिद्वार्थ होटल, स्वस्तिक कटेज बुद्ध एयर, सगरमाथा लुम्बिनी ईन्स्योरेन्स लगायत विभिन्न संघ सस्था व्यवसायिक प्रतिष्ठान हरु को सहयोग र सहकार्य मा Nepalgunj cycle fastival 2081 अन्र्तगत विभिन्न कार्यक्रम वालवालिका हरुलाई साईकल प्रति आर्कषण गराउन का लागी १० वर्ष सम्मका बालबालिका हरुका लागी यस वर्ष सिद्वार्थ हस्पिटालिटी को मुख्य प्रायोजनमा Siddrtha Nepalgunj kids Race 2081 को तेश्रो सस्करण माघ २४ गते विहान सुर्खेत रोड प्रहरी तालिम केन्द्र देखी सुरु भई भ्यु सिद्वार्थ होटल मा समापन गराईने छ।
विजेता वालबालिका हरुलाई प्रथम द्वितिय र तृत्तिय र सान्त्वना आकर्षक पुरस्कार मुख्य प्रायोजक को तर्फबाट विभिन्न प्याकेज र गिफ्ट हेम्पर प्रदान गरिनेछ । साथै सातौ सस्करण दूर डे ठाकुरद्धारा २०८० माघ २५ र २६ गते सम्पन्न हुन गईरहेको छ । जसमा देश २. विदेश बाट करिब २०० बडी महिला पुरुष साईकल यात्री हरुले सहभागिता जनाउने छन जसमा भारत बाट २९ र चाईना बाट १ जना सहभागी आउनेछन ।
कार्यक्रम नेपाल कै प्रशिद्ध शक्तिपिठ वागेश्वरी मन्दिर परिषर बाट विहान ८.०० वजे सूरु हुनेछ । छैठौँ सस्करण को कार्यक्रम गर्दा हामी ले विभिन्न संघ संस्था बाँके र बर्दिया का स्थानिय पालिका र स्पोनसर, तिन तहका सरकार र रजिष्ट्रेशन बाट आम्दानी रु २२३९५०१/- र खर्च रु २२०१६८१/- भएको थियो । सातौं सस्करणको कुल अनुमानित खर्च रु २७,०००००/- गरिएको छ। कार्यक्रम को रुट बागेश्वरी मन्दिर थियार बाट शुरु भई त्रिभुवन चोक, वि.पि चोक, सुर्खेत रोड हुदै कोहलपुर, ओम केदारेश्वर धाम बासगडी, सतखलवा, वैदि। ववई भुरिगाँउ हुदै ठाकुरबावा मन्दिर सम्म को करिव १०० कि.मी को यात्रा हुनेछ। कार्यकम मा सतमागी यात्री हरु लाई मायाको चिनी पनी प्रदान गरिने छ । यो साईकल ईभेन्टको माध्यमबाट मुम्बिनी प्रदेश सहमारले घोषणा गरेको घुमी वर्षिया ठाकुरद्धारा २०२५ कार्यक्रम लाई समेत महत्वपूर्ण सघाउ पुयाउने छ ।
साईकल सरकार का महत्वपूर्ण टेवा पुगेको छ । साईकल मार्फत नेपालगन्ज शहर लाई देशभरका सहरसगै मित्रराष्ट्र भारत का पर्यटनहरु र वीनसंग साईकलको चेनको सम्बन्ध जोडिएको छ साथै उक्त कार्यक्रम ले बाँके र बर्दियाका पर्यटकिय अप्रै शस्ति पर्यटन प्रर्वद्धन गर्नुका साथै साईकल सास्कृतिको विकास मा समेत भूमिका निभाएको छ ।
यो ईभेन्टले जलाई साईकलको सामाजिक जनाका साथै नेपालगन्ज का स्थानिय परिकारहरु सवाल नेपालमा हलवा पराठा र सेकुवा लाई समेत प्रयोग नेपालगन्ज स्वादको सहर पनि हो भनेर चिनाएको छ भने यस भित्रका बजार व्यवसायलाई पनि चलायमान बनाउने हामीले विश्वास लिएको छौ।