
नेपालगन्ज : नरैनापुर गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बिहिवार एक औपचारिक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।
आजबाट सुरु भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तीन दिन चल्ने नरैनापुर गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्ण कुमार थारुले जानकारी दिएका छन् ।

आधारभूत विद्यालय र माध्यमिक विद्यालय सहभागी रहेको खेलकुद प्रतियोगिताले पालिकाको शिक्षा तथा खेलकुद क्षेत्रको बिकासको लागी आहयोग गर्ने अपेक्षा रहेको थारुले जानकारी दिएका थिए ।
नरैनापुर गाउँपालिकामा रहेका ११ वटा आधारभुत विद्यालय र ४ वटा माध्यमिक विद्यालय प्रतियोगितामा सहभागी रहेको नरैनापुर गाउँपालिका शिक्षा शाखाका प्राबिधिक सहायक कमल केसीले जानकारी दिएका थिए ।