बाँके । नेपालगन्ज-१०,गणेशमानचाेकमा प्रतिष्ठित व्यक्तिहरुकाे सहकार्यमा शुक्रबारदेखि सेभेन र मयुरा गरि दुईवटा क्याफे संचालनमा आएको छ । बरिष्ठ चिकित्सक डा निना श्रेष्ठले क्याफेकाे उद्घाटन गर्नुभयो ।
अरु भिन्न र बिशिस्ट क्याफे संचालनमा ल्याइएको संचालककाे भनाइ छ । आकर्षक बगैचा सहित शुन्दर ईन्टरियर डिजाइन क्याफेकाे बिशेषता हाे । मनमाेहक वातावरणमा ग्राहककाे स्वास्थलाई मध्यनजर गर्दै चिया,कफिदेखि खानाका परिकार क्याफेमा पाइनेछ ।

यि क्याफेकाे मुख्य बिशेषता भनेकाे आम्दानीको १५% च्यारेटीमा खर्च गर्ने हाे । गाेपाल- निना फाउन्डेसन मार्फत उक्त रकम शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रमा खर्च गरिने छ । नेपालगन्जका बरिष्ठ चिकित्सक डा गाेपाल श्रेष्ठ र निना श्रेष्ठको नाममा याे फाउन्डेसन स्थापना गरिएको हाे । जुन सामाजिक कार्यमा सक्रिय रहेकाे बरिष्ठ पत्रकार पुर्णलाल चुकेले बताउनुभयाे ।
सामाजिक कार्य समेतकाे उदेश्य संचालनमा ल्याइएको क्याफेमा हरप्रकारका सेवाग्राही जान सक्ने छन् ।