नेपालगन्ज । बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ती बाँके प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बैजनाथ गाउपालिका -५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगर रहेकी छन् ।
उनले बिभिन्न समयमा बैदेशिक रोजगारमा जापान वर्किङ भिषामा लैजाने भनि बिभिन्न ब्यक्तीहरु संग प्रतिव्यक्ति १४/१५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरेकाे ईलाका प्रहरी कार्यालय काेहलपुर,बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, २/३ महिनादेखि सम्पर्क बिहीन भएकोमा बैदेशिक रोजगार बिभागमा मुद्दा दर्ता भई पक्राउ आदेश जारी भएकाे थिषाे । प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।