
नेपालगन्ज । हिन्दीमा एउटा भनाइ छ,‘हम तो डूबे हैं सनम तुम को भी ले डूबेंगे’ अर्थात् ‘म त डुबेकै छु,तिम्लाई पनि डुबाउँछु ।’ याे भनाइ नेपालकाे ब्यवसायीक क्षेत्रमा चरितार्थ भएको छ । पश्चिमकाे आर्थिक केन्द्र नेपालगन्जमा देखासिकीका आधार भइरहेका लगानीले आफू डुब्ने र अरुलाई पनि डुबाउने खेलबाट उद्योगी,ब्यवसायी दिक्क छन् ।
न कुनै ब्यवसायीक याेजना नत बजार सम्भावनाकाे खाेजी । भिन्न र माैलिक ब्यवसायकाे सिर्जना गर्नै नसक्ने तर अरुले शुरु गरेर ‘दुईचार हजार’ कमाएको देख्ने बित्तिकै ऋणधन गरेरै भए पनि त्यही ब्यवसाय शुरु गर्ने प्रबृत्तीले संकट निम्त्याएको चार्टर्ड एकाउण्टेन्ट तेजप्रकाश दीक्षित बताउँछन् ।
‘सीमित मान्छेमा बिजनेस प्लान छ । अन्यथा अरुको देखेरै लगानी गरिहाल्ने प्रबृत्ती ब्यवसायीकक्षेत्रमा छ । त्यसले आफू डुब्ने र अर्काको लगाउन भुमिका खेलेकाे छ । ’
कृषिक्षेत्रमा कुनै बेला बाेईलर कुखुरा पाल्ने लहर चल्याे । जता हाे बाेईलर कुखुराका खाेर देखिन्थे । सिए दीक्षित भन्छन्,-‘बजारले कति थेग्ने हाे त्यसकाे कुनै लेखाजोखा नगरि ऋणसापट गरेर कुखुरादेखि गाईपालनसम्म गर्नेहरु डुबे ।’ कुनै बेला बाँकेमा बंगुरपालन गर्नेहरु धेरै भए । जसले हाे केही पाठापाठी ल्याएर बंगुरपालन गरेकाकाे गाेठ छन् बंगुर छैनन् । कृषिक्षेत्रमा यस्ताे देखासिकीकाे संकट धेरै छन् । भैंसी र गाईपालनले बाँकेमै करोडौं लगानी डुबेकाे बताउँछन्,कुनै बेला नेपालगन्जमा ठूलो मध्येकाे गाईपालनमा लगानी गरेका दुग्ध ब्यवसायी प्रभातसिंह ठकुरी । उनी भन्छन्,-‘अरु भन्दा देखासिकीकाे समस्या कृषिक्षेत्रमा अझ धेरै छ ।’

२०६२/०६३ काे राजनीतिक परिवर्तनपछि बाँकेमा सानाठूला हाेटल खाेल्ने लहरै चल्याे । स-सानादेखि कराेडाैं लगानीमा लगाएर हाेटल खुले । हाेटल ब्यवसायी संघ बाँकेका पुर्व अध्यक्ष भिमलाल कँडेल भन्छन्,-‘ देशमा शान्ति छाएपछि राम्रै होला भनेर हाेटल खाेल्ने बढे । कतिसम्म भने हाेटलक्षेत्रमा कुनै अनुभव र साईनाे नभएकाले समेत करोडौं लगानी गरे ।’ त्यसरी लगानी गर्न हाैसिएकाहरु मध्ये कतिले हाेटल बेचिसके भने अधिकांसले हाेटल भाडामा दिएर चलाईरहेका छन् । एउटा उदनहरण हाे तारे हाेटल सिग्नेट । औसधि ब्यवसायी दिपेन्द्र अग्रवालले लगानी गरेर खाेलेकाे हाेटल चलाउन नसकेपछि बेच्नुपर्याे । फरक ब्यवसायीक पृष्ठभूमिका अग्रवालले जस्तै अरुले पनि हाेटलमा लगानी त गरेर तर थेग्न सकेनन् । सिद्धार्थ हस्पिटालिटीका प्रबन्धक केशव न्याैपाने स्पष्ट भिजन बिना हाेटलक्षेत्रमा लगानी गर्न नहुने बताउँछन् । उनी भन्छन्,-‘लगानी अत्यावश्क छ । तर त्यसका लागि भिजन चाहिन्छ । भिजन बिना लगानीकाे खेर जान्छ ।’
बाँकेमा ठूलो लगानीमा ‘फनपार्क’ खुले त्याे पनि तीन वटा लगभग एउटै समयमा । अहिले तीन वटैका लगानीकर्ता रुने अबस्थामा पुगेका छन् । दैनिक संचालन खर्च टार्न पनि ऋणसापट गरिरहेका छन । अन्य बिकल्प नखाेज्ने हाे भने यी मध्ये केही फनपार्क सम्भवत चाँडै औपचारिकरूपमा बन्दकाे घाेषणा हुनेछन् । एकातिर बजारकाे अध्ययन भएन । अर्कोतिर चरम आर्थिक संकट बेला फनपार्क खुले । यी सबैकाे मार फनपार्कले झेलिरहेका छन् ।
क्याफेदेखि पछिल्लो समय स्केट पार्क खाेल्ने लहर देखेरै लगानीकर्ता मात्रै होइन सर्वसाधारण समेत हैरान छन् । सटरैपिच्छे क्याफे,टाेलैपिच्छे स्केट खाेलेकाे महिना दिनमै धमाधम बन्द भइरहेका छन् । खाेलेकाे दिनदेखि नै मेला जस्तै स्केटमा भिड लाग्याे । दिनमै हजारौंकाे काराेवार भएको देखे सुनेपछि त्यसैमा लगानी गर्नेहरु शहरदेखि गाउँसम्म ओइरिए । ‘थाेरै लगानी गरे पुग्ने तर दिनमै टन्नै पैसा कमाइने भएपछि जसले पनि स्केट खाेले ।’ स्केटमा लगानी गरेर डुबेका व्यवसायि भन्छन्,-‘ कुनै बेला दिनमै पाँच सय मान्छे आउने स्केटमा अहिले दुईचार जना आउँछन् । दिनभर स्केट पार्क सुनसान देखिन्छन् ।’
एउटाले गरेकाे व्यापार अर्कोले गर्नै हुन्न भन्ने छैन । तर त्यसकाे लगानीको आकार,बजारकाे सम्भावना के कस्ताे छ भन्ने नबुझेरै लगानी गर्दा आफू पनि डुब्ने,अरुलाई पनि डुबाउने अवस्था आएको सिए दीक्षित बताउँछन् । उनी भन्छन्,-‘सानाे हाेस् चाहे ठूलो ! काराेवार गर्नु अघि बिजनेश प्लान चाहियाे । त्याे बिना लगानी गर्नु जाेखिम हाे ।’ सिए दीक्षितका अनुसार,नेपालगन्जमै बिजनेश प्लान सम्बन्धि परामर्श दिने परामर्शदाताहरु छन् । ‘ बिजनेश प्लानकाे परामर्श लिने कल्चर बिस्तारै शुरु भएको छ । त्यसले आगामी दिनमा पक्कै पनि देखासिकीका भरमा लगानी ओइर्याएर पछि पछुताउने अबस्था आउन राेक्न सक्छ ।’