‘केपी ओली कप’ का लागि बाँकेमा बोर्डिङ बोर्ड र सेल्फी बोर्ड स्थापना


नेपालगन्ज । यही फाल्गुन ११-१९ गते काठमाडौं संचालन हुन लागेको तेश्रो संस्करणको केपी ओली कप फूटवल प्रतियोगीताको प्रचार प्रसार स्वरूप राष्ट्रिय युवा संघ बाँके जिल्ला कमिटीद्वारा नेपालगन्ज पार्टी कार्यालय बोर्डिङ बोर्ड र सेल्फी बोर्ड स्थापना गरिएको छ।

राष्ट्रिय युवा सँघ बाँकेको मंगलबार बसेको जिल्ला कमिटी बैठककाे निर्णय अनुसार केपी ओली कपको प्रचारप्रसारका लागि फागुन ३ गते शनिबारका दिन फुट्सल प्रतियाेगिता गर्न लागिएको सचिव सुनिल रसाइलीले जानकारी दिनुभयाे । उहाँका अनुसार खेलकाे तयारी तीब्ररुप भइरहेकाे छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता गर्दैछ ।

तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी १० टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।

प्रकाशित मितिः     १ फाल्गुन २०८१, बिहीबार १४:३७  |