स्तरोन्नतीमा केन्द्रीत बाँकेका तारे होटल


नेपालगन्ज – नेपालगन्जको मुटु धम्बोझीमा रहेको चारतारे होटल सिटी प्यालेस स्तरोन्नती गरिएको छ । सिटी प्यालेस मात्र नभई बाँकेका ठुला होटलहरु स्तरोन्नती भइरहेका छन ।

केही होटलहरु त नयाँ व्यवस्थापन पक्षका साथ काम गरिरहेका छन् । चारतारे होटलको मान्यता पाएको सिटी प्यालेसले  आफ्नो भौतिक संरचाना सुधार गर्दै गुणस्तरीय, आधुनिक सुविधायुक्त बनाएकोछ । नेपालगन्जको केन्द्रविन्दुका रुपमा रहेको धम्बोझी चोक स्थित सिटी प्यालेस चारतारे भएसंगै आफ्नो स्वरुपमा परिर्वतन ल्याएकोछ ।

विसं २०७२ साल असारदेखि नेपालगन्ज धम्बोझीमा सेवा प्रवाह गर्दै आएको होटल सिटी प्यालेसले आफ्‌नो सेवा र सुविधालाई थप बढाएको छ ।

विभिन्न स्वाद पारखीका लागि मध्य नजर गरी होटलले थकाली भन्सा , रुफटप , बार सहितको रेस्टुरेन्ट र क्याफेमार्फत सेवा प्रवाह गर्दै आएको छ । आतिथ्यताका लागि होटलले ९५ वटा कोठा सञ्चालन गर्दै आएको छ । यी मध्ये ८ वटा स्वीट रुम , २८ सुपर डिलक्स रुम , ३९ डिलक्स रुम र २० स्ट्यान्डर्ड रुमबाट सेवा प्रवाह गर्दै आएको होटलका जनरल म्यानेजर पदम सुवेदीले जानकारी दिएका छन् ।

यसका साथै जिम , स्वीमिङ्ग पुल , स्टीम , साउना , स्पा , सेभिनर सप , क्यासिनो (नेपाली बाहेकका पाहुनाका लागि) , ओपेनस्पेस गार्डेन र अण्डरग्राउण्ड पार्किङ्गको सेवा दिदै आएको छ ।

यसका साथै होटलमा रहेका ४ वटा सभा हलबाट विवाह , व्रतबन्ध , जन्मदिन मनाउन तथा विभिन्न गोष्ठी , सेमिनारको आयोजना गर्न सकिने गरी ६ सय बढी क्षमताको १ वटा सभाहल , २ सय बढी क्षमताको १ वटा सभाहल , १ सय बढी क्षमताको सभाहल १ र ५० बढी क्षमताको सभा हल १ गरी ४ वटा हल उपलब्ध छन् । होटलले १ सय २५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ ।

होटलले सञ्चालनदेखि आजका दिनसम्म ५ लाख भन्दा बढी पाहुनालाई सेवा दिई सकेको होटलका सञ्चालक लोकेन्द्र अर्यालले जानकारी दिएका छन् ।

होटल, ब्यापार–व्यवसायमा अनवरत सेवाभावले सेवा प्रदान गर्दै आएको होटल सिटी प्यालेस पुग्ने जोकोहीले होटलको साजसज्जा, अत्याधुनिक सुविधा, आरामदायी एवम हस्पिटालिटीले लालयीत हुने गर्छन् । होटलले चारतारेको मान्यता पाएपछि आफ्नो स्वरुप परिर्वतन गरेसंगै होटलका हरेक स–साना कुरालाई सुक्ष्मरुपमा अध्ययन र निराकरण गर्ने गरेको होटल सिटी प्यालेसका प्रबन्ध निर्देशक अर्याल बताउँछन् ।

सुरुवातमा ५० करोड लागतमा होटल निर्माण गरिएको बताउँदै सिटीका प्रबन्ध निर्देशक अर्यालले भने–‘चारतारेको मान्यताले यहाँबाट प्रदान गरिने सेवाको गुणस्तरता, पाहुनाको आरामदायी बसाई, रुचीअनुसारको खानपान लगायतको विषयलाई ससक्तरुपमा परिस्कृत गरिएकोछ ।’

बाँकेको नेपालगन्जबाट पर्यटन प्रर्बद्धन गर्न होटल ब्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताउदै अर्याल अगाडी थप्छन्–‘आन्तरिक तथा बाह्र  पर्यटकका लागि पश्चिम नेपाल घुम्न नेपालगन्ज गेटवेका रुपमा रहेकोछ । यहाँ स्तरीय होटलले उहाँहरुको बसाई सहज र सरल बनाउन सहयोग गरिरहेकोछ ।’

‘नेपालगन्जबाट मानसरोवर, सेफोक्सुण्डो ताल, रारा, स्वर्गद्वारी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, दैलेख तथा सुर्खेत धार्मिक एबम पर्यटकीय स्थलको अवलोकन, भ्रमण र दर्शन गर्न सहज र सरल हुने भएकाले पनि बाँकेमा होटल ब्यवसाय फस्टाउदो रहेकोछ’ उनले अगाडी थपे–‘ यसले नेपालगन्जसहित समग्र देशको आर्थिक कारोबारलाई सहयोग गर्छ ।’

पछिल्लो समय बाँकेको नेपालगन्ज क्यासिनो हबका रुपमा विकसित हुँदै गएकाले छिटैनै सिटी प्यालेसमा क्यासिनो सञ्चालन हुने उनले बताए । अर्यालले भने–‘यहाँको आर्थतन्त्रलाई क्यासिनो सञ्चालनले सहयोग गर्छ । क्यासिनोका लागि भारतीय आउने र उनीहरु यस क्षेत्रको पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेर जान्छन् ।’

‘नेपालगन्जमा ब्यापार व्यवसाय फस्टाउनु भनेकै समग्र पश्चिम क्षेत्रको लागि फाइदा हो । त्यसैले पनि नयाँ व्यवस्थापनसंगै अत्याधुनिक सुविधाबाट होटलको स्तरोन्नती गरिएको छ ।’ अर्यालले भने –‘होटलको नयाँ स्वरुप, ब्यवस्थापकीय तथा खानाका परिकार पस्किनु नै हाम्रो विशेषता हो ।’

नेपालगन्जका होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटल र यीनले दिने सेवा निकै स्तरीय छन् । नेपालगन्ज क्षेत्रमा रहेका ठूला र आधुनिक सुविधा सम्पन्न होटलको कारोबारले विस्तारै गति लिन थालेका छन् । नेपालगन्जमा रहेको सिटि प्यालेससंगसगै होटल सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, स्टारलाईट लगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई नै आधार बनाएको पाइन्छ । यद्यपी उनीहरुले आन्तरिक पर्यटकलाई बढावा पनि दिइरहेकाछन् ।

प्रकाशित मितिः     ३ फाल्गुन २०८१, शनिबार ०७:२८  |