हुलाकी सडकको कथा !


हुलाकी सडक तराईका सदरमुकामहरुलाई आधार बनाएर निर्माण गरिएको सूचनासंचारको परम्परागत मार्ग हो । त्यतिवेला हुलाक नै सूचना र संचारको सबैभन्दा प्रभावकारी माध्यम थियो । त्यही परम्परागत हुलाकी मार्ग पछि गएर कच्ची सड़क संजालका रुपमा विकास भयो ।

उक्त हुलाकी सडकलाई मधेसी जनताको लाईफ लाईन मानिन्थ्यो । विकासको क्रममा धेरैतिर पक्की सड़कहरु बने । तर तराइ मधेसमा जनताको सघन वसोवास भएर गुज्रने हुलाकी सड़क वन्न सकेन । मधेसी जनताको गुनासो रहने नै भो ।

खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइयो । तर पनि लामो समयसम्म उक्त बन्न सकेन । हुलाकी सडकका नाममा राजनीतिक स्वार्थ आधारित उत्तर दक्षिणका सडक बने । त्यसमा पनि स्थानिय जनताको गुनासो हुने नै भयो ।

संविधान सभावाट नयाँ संविधान जारी भएपछि मधेसमा त्यसका विरुद्धमा आन्दोलन भयो । नाकावन्दीको समेत नेपालले सामना गर्नु पर्यो । त्यसकुलाई नेकपा(एमाले) नेतृत्वले गम्भीरता पूर्वक लियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्वोधनमा अग्रसरता लिनु भो ।

भारत सरकारवाट प्राप्तहुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैले बनाउने संकल्प गर्नु भो । भारत सरकारलाई सहमत गराउनु भयो ।आज मधेसको लाईफ लाईको रुपमा विकास हुदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् ।

हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौ भनिएको मधेस प्रदेशमा आज नेकपा(एमाले) सबैभन्दा ठुलो दल बनेको छ । हुलाकी सडक यति बेला नेपालको सडक संजालको महत्वपूर्ण हिस्सा बनेको छ  ।

प्रकाशित मितिः     ४ फाल्गुन २०८१, आईतवार १०:२२  |