
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएपछिको अवधिलाई समीक्षा गर्दै उपलब्धिलाई हेरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ ।
‘टक्सार समृद्ध लुम्बिनी’ विशेषाङ्क लुम्बिनीको सामथ्र्य को लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता भएका उपलब्धिहरूलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो ।
‘प्रदेशप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास भइरहेको छ, तर प्रदेश स्थापना भएयता प्राप्त उपलब्धिहरूको तुलनात्मक विश्लेषण गरिएको देखिँदैन’उहाँले भन्नुभयो,‘प्रदेश सरकारले नमुनायोग्य कामहरू गरेको छ, जसको चर्चा हुनु जरुरी छ ।’
कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासको माध्यमबाट प्रदेशको समग्र विकासलाई आधार मानिएको बताउनु भयो । प्रदेश सरकार गठन भएपश्चात पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, मानव विकास लगातका क्षेत्रमा उपलब्धि हाँसिल गरिएको स्पष्ट पार्नु भयो । प्रदेशको समग्र विकासकोलागि राजनीतिक दलहरुको विचमा साझा एक्यबद्धता रहेको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरू प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउनु पर्नेमा जोड दिनुभयो । यसैगरी पूर्व मुख्यमन्त्री जोखबहादुर महराले विचार फरक भए पनि प्रदेशको समृद्धिका लागि सबै पक्षको साझा दृष्टिकोणबाट अघि बढेको बताउनु भयो ।‘अहिले नकारात्मक धारणा हावी हुँदै गएको छ ।

यसलाई सकारात्मक सोचले चिर्न जरुरी छ’ पूर्व मुख्यमन्त्री महराले भन्नुभयो,‘प्रदेशको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यो सन्देश लुम्बिनीबाट दिएका छौं ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले यही अवधिमा सञ्चार ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले मिडियाको सशक्तीकरण र पत्रकारहरूको सीप अभिवृद्धि मा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुुभयो ।
टक्कर म्यागजिनका सम्पादक किरण आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सम्पादन मण्डलका शंकर खनालले विशेषाङ्कको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम कार्यकारी सम्पादक हिम बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण निर्देशक प्रदीप आचार्यले गर्नु भएको थियो ।