नेपालगन्ज । देशकै कान्छाे राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई पानी र घांसकाे ब्यवस्थापन गर्नै धाैधाै परेकाे छ । चुरेभावर क्षेत्रकाे भुगाेलमा रहेकाे याे निकुञ्जमा न भरपर्दो पिउने पानी छ नत घाँसे मैदान नै !
निकुञ्जमा तालतलैया छैन । अधिकांस खाेला खहरे भएकाले कहिँकतै पनि पानी जमेकाे देख्न पाइदैन । प्रशस्त वनक्षेत्र भए पनि घाँसे मैदान छैन । निकुञ्ज प्रशासनलाई यी दुवै कुराकाे जाेहाे गर्नैमा अधिकांस समय बितेकाे छ ।
अबस्था कतिसम्म छ भने झाडी फाडेर घाँसे मैदान बिस्तार गरिएको छ । साेलार जडान गरेर कृत्रिम तालतलैयामा पानी भर्नुपरेकाे छ निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कंडेलले बताए ।
‘पाटेबाघका लागि याे अत्यन्तै महत्त्वपूर्ण निकुञ्ज हाे तर चुरेभावर क्षेत्रमा रहेकाले केही अवगुणहरु छन्’ कँडेलले भने,-‘भने जस्ताे घाँसे मैदान र पानीको ब्यवस्थापन गर्नमै हामी केन्द्रीत छाै ।’
निकुञ्जका अनुसार, निकुञ्जमा स्वास्थ बासस्थान हुन दश प्रतिशत घाँसे मैदान चाहिन्छ तर यहाँ एकप्रतिशत मात्रै छ । निकुञ्जले त्यसलाई विस्तार गर्दै लगेकाे छ,झाडी फाँडेर घाँसे मैदान बनाइरहेकाे छ ।
साेलार र पाइपलाईन मार्फत अस्सीवटा तालतलैया तयार गरिएको छ । ती मध्ये दर्जन जति नियमित संचालनमा छन् । साेलारकाे उर्जा उपयोग गरि बाेरिङ मार्फत तालतलैयामा पानी भर्नुपर्ने अवस्था छ । पानी र घाँसे मैदानकाे व्यवस्थापन भए मात्रै निकुञ्जमा वन्यजन्तुको संख्या बढ्ने कँडेलले बताए ।

बाँकेमा पर्यटन उद्यम सुदृढिकरणका लागी ६ बुँदे घोषणा—पत्र जारी
बाँके निकुञ्ज स्थापनाकाे एक दशक,पर्यटकका लागि पुर्बाधार तयार
गाभरभ्यालीमा पर्यटककाे संख्या बढ्दै, वार्षिक डेढ कराेड काराेवार