मुस्लिम इत्तेहाद संगठनकाे महाधिवेशन बैशाख २० र २१ गते नेपालगन्जमा हुँदैछ (भिडियो सहित)


 

नेपाली मुस्लिम समुदाएको पहिचान र अधिकार प्राप्तिको लागि राजनीतिक संगठन नेपाल संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन हो ।

हाम्रो पार्टी नेकपा (एमाले) पार्टीको जनवर्गीय संगठनको रुपमा २०४८ सालमा स्थापित भएको नेपाल संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन विभिन्न खाले आरोह अवरोहपार गर्दै पार्टीको सिद्धान्त, नीति, विचार समुदायसम्म पुर्याउने काम गरिरहेको छ ।

संगठनले मुस्लिम समुदायको पक्षका पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित र समुदायको अधिकारका लागि वकालत गर्ने संगठन हो। संगठनले आफु भित्र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा बहसहरु चलाई समुदायका हक अधिकार सदन देखि सडकसम्म पुगाउने कार्य पनि गरिरहेको छ ।

केही दशक पहिला कम्युनिष्टहरुले धर्म मान्दैन, भन्ने व्यापक भ्रम फिजाइएकोले कम्युनिष्ट पार्टी प्रति समुदाएको आकर्षण कम भएको तथ्य पनि थियो। मार्क्सवादको प्रकाशमा जबजको मौलिक सिद्धान्तका आधार त्यसलाई चिर्ने काम समेत गरेको छ ।

पार्टीले गरेका कामले आज हाम्रो संगठन र पार्टी गरिब, विपन्न र अल्पसंख्यक समुदायको एकमात्र राजनीतिक शक्तिको रुपमा स्थापित भएको तथ्य सर्वस्वीकार्य छ ।

आजको मितिसम्म आइपुग्दा सांगठानिक गतिविधिबाट संगठनलाई अझ बलियो सशक्त बनेको छ । हाम्रो पार्टी नेकपा (एमाले) को मिशन ८४ अभियान पूर्णरुपमा सफल बनाउन लाग्ने प्रतिज्ञा सहित आगामी दिनमा संगठनका परिभाषित जिम्मेवारी पूर्ण रुपमा पुरा गर्नेछौ ।

अतः संगठनको केन्द्रीय कमिटीको बैठकले पहिलो पटक संगठनको महाधिवेसन सदभाव नगर नेपालगन्जमा हुने जानकारी गराउन पाउदा हामी हर्षित भएका छौ। बाँकेबासीका लागि पनि यो खुसीको कुरा हो। केन्द्रीय अधिवेसन यही २०८२ वैशाख २० र २१ गते नेपालगन्जको मेरो प्लानेटमा हुँदैछ ।

यसका लागि सबै बाँकेबासीको सहयोग, सदभाव र सहभागिताको लागि हार्दिक अपील गर्दछौं। केन्द्रीय अधिवेसनका लागि हाम्रो पार्टी नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष, राजनेता, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु हुने छ । सो कार्यक्रममा वैचारिक नेता पार्टी महासचिव कमरेड शंकर पोखरेल विशेष अथितिको रुपमा उपस्थिति हुने जानकारी गराउदछु ।

अधिवेसन सफल बनाउनका लागि १३ वटा उपसमिति क्रियाशील रहेका छन। अधिवेसनमा ४२ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहने छ। अधिवेसन सफल बनाउनका लागि पत्रकार, बुद्धिजीवि, बाँकेबासी आम नागरिक, अन्य आस्थाका संगठनलाई हार्दिक अपील गर्दछु ।

प्रकाशित मितिः     १५ फाल्गुन २०८१, बिहीबार १५:३६  |