
नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालकाे एकाएक सरुवा गरियाे । सरुवा भएकै भोलिपल्ट अर्थात शुक्रबार काेहलपुरका मेयर पुर्णप्रसाद आचार्यले रिजाललाई भ्रष्ट भन्दै सामाजिक संजालमा आरोपित गरे । याे बिषय सामाजिक संजालमा तात्तिएको छ ।
हिजोमात्र गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।
मेयर आचार्यको स्टाटसका बिषयमा सीडीओ रिजालले मेयर आचार्यले जस्ताे स्ट्याटस लेखेका छैनन् र लेख्ने कुरा पनि भएन । तर नेपाल प्रेस अनलाइनसंगकाे संवादमा मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको रिजालले प्रतिक्रिया दिएका छन् ।
उनले भने,´उसले भनेको स्कूलमा सेन्टर परेन । उसको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेको हो ।`
रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।

´मैले मेयरलाई प्रमाण ल्याएर आइज भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेन भने कानूनी कारवाही गर्छु`, सीडीओ रिजालले भने । मेयरकाे कुरा सही हाे वा सिडीओको ! याे त छानबिन पछि नै थाहा हाेला तर एकाएक सिडीओको सरुवा हुनु,त्यसकाे भाेलिपल्ट काँग्रेसबाट चुनाव जितेका मेयर आचार्यले गम्भीर आरोप लगाउनु संयाेग हाे वा “दालमे कुछ काला है” ? पर्दा ढिलाे चाँडो खुल्ला नै !
यसै प्रसंगमा एमाले बाँकेका पुर्व प्रचार विभाग प्रमुख समेत रहेका अधिवक्ता प्रमाेद धिताले मेयर आचार्यप्रती कटाक्ष गरेका छन् । उनीले बाँके काँग्रेसीकरण भएको भन्दै सिडीओको समर्थनमा उत्रिएका छन् । उनी लेख्छन्,-” काम राम्रो गर्दै थिए बाँकेका काँग्रेसलाई मन परेन । उनले गलत कुरालाई राेक्ने प्रयास गरे र असल प्रशासक हटाउन दबाव दिए । प्रधानमन्त्री ज्यु तपाईले ल्याप्चे लगाउनु भयाे । भेरी अस्पतालमा असल काम गर्दै थिए, डा. प्रकाश थापाले मन्त्री प्रदीप पाैडेललाई काँग्रेसी चाहियाे । सिन्काे नभाच्ने मेसुमा ल्याप्चे लगाउनु भयाे । प्रधानमन्त्री ज्यु ! तपाईंलाई असफल बनाउन काँग्रेसकाे गिराेह लागिपरिरहेकाे छ । तपाईं ट्वा पर्ने ? आज असल प्रशासक माथि एउटा कार्यकर्ताले त्याे पनि मेयर जस्ताे मान्छेले तथानाम बाेल्दा उ माथि कार्बाही हुनेकि नाई प्रधानमन्त्री ज्यु ?”
धितालले मेयर आचार्य माथि लगाएको आरोप पुष्टि गर्नुपर्ने बताएका छन् । उनी लेख्छन्,-“धेरै घण्टा भयाे काेहलपुरका मेयर साबले सिडियाे खगेन्द्र रिजालका बारेमा प्रमाण पेश गर्न सकेनन ! अन्तत अरूलाई आराेप लगाउनु अपराध हैन र ? मेयर साब !