
नेपालगन्ज । लुम्बिनी प्रदेशमा पशुपंछी तथा मत्स्यजन्य कृषिबाट बार्षिकरुपमा रु ७७ अर्व ३३ कराेड २८ लाख ८० हजारकाे अनुमानित आय-आर्जन भएको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा माछा,मासु,अण्डा र दूध बिक्रीबाट प्रदेशमा उक्त आम्दानी भएको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार मासु बिक्रीबाट रु ३८ अर्व ७५ कराेड ९६ लाख, अण्डाबाट २ अर्व ७८ लाख ५८ लाख ४८ हजार,माछा बिक्रीबाट ३ अर्ब ९६ कराेड, दुधबाट रु ३१ अर्ब ५२ कराेड ७८ लाख ४० हजार अनुमानित आम्दानी भएको छ ।
याे अवधिमा एक कराेड ७६ लाख किलाेग्राम माछा, ५२ कराेड ५४ लाख ६४ हजार लिटर दूध, ९ कराेड ६८ लाख ९९ हजार किलाेग्राम मासु र अण्डा २३ कराेड २१ लाख ५४ हजार गाेटा उत्पादन भएको छ ।

कृषिक्षेत्रबाट लुम्बिनी प्रदेशमा तीन लाख ६४ हजार २ सय ८३ जना कृषिक्षेमा संलग्न भएका छन् । सीमावर्ती क्षेत्र भएको हुँदा अवैध चाेरीपैठारीले कृषिक्षेत्र प्रभावित भएको र नयाँ पुस्ता कृषिक्षेत्रमा संलग्न हुन नमानेका जस्ता चुनाैती यहाँको कृषिक्षेत्रले झेलिरहेकाे निर्देशनालयका निर्देशक डा प्रवेश कुवंरले बताउनुभयाे ।